सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि  सुनुवाइ जारी रहने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी रहने भएको छ । 

बलात्कार प्रकरणमा मुछिएका उनको  मुद्दामा गएको आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भए पनि बहस सकिएको छैन । दुई दिन लगातार सार्वजनिक बिदा भएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज  निरन्तर सुनुवाइ हुने छ ।