लामो समयदेखि उपस्थित नभएका प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

लामो समयदेखि उपस्थित नभएका प्रहरी कर्मचारीलाई  ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कार्यालयमा लामो समयदेखि उपस्थित नभएका प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा रगराउँदासमेत उपस्थित नहुने २१ प्रहरीलाई बाटोको म्यादसहित सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको हो ।

गैरहाजिर रहनुको स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन सूचनामा भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।