भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण

धनगढी। भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । महामारीको रुपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहिमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।

पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार हिजो (आइतबार) गौरीफन्टा नाका भएर भारतबाट फर्किएका दुई जनामा कोरोना पुष्टि भएको छ ।

९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि पुस ७ गते सोही नाकाबाट आएका एक जना र पुस ५ गते दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।