नेपाल सुपर लिग :  फाइनल प्रवेशका लागि आज धनगढी र पोखरा भिड्ने

नेपाल सुपर लिग :  फाइनल प्रवेशका लागि आज धनगढी र पोखरा भिड्ने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलका लागि आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ । पोखरा पहिलो र धनगढी दोस्रो भएर लिग चरण समाप्त गरेसँगै पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।

जारी लिगमा पोखरा ८ खेलबाट चारमा जित, तीनमा बराबरी र एकमा हार बेहोर्दै १५ अंकसहित शीर्ष स्थानमा छ । यस्तै धनगढी तीनमा जित, चारमा बराबरी र एकमा हारसहित १३ अंक जोडेर दोस्रो स्थानमा छ ।

पहिलो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो टोलीको विजेतासँग दोस्रो क्वालिफायरको मौका पाउनेछ ।

इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौँ रेजर्स र चौथो स्थानको ललितपुर सिटी एफसी भिड्नेछन् ।

इलिमिनेटर राउण्डको विजेता टिमले पोखरा र धनगढीबीचको खेलमा हार ब्यहोर्ने टिमसँग दोस्रो क्वालिफायरका लागि खेल्नेछ ।