कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भीर घाइते

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको हुलाकी राजमार्ग अन्र्तगत हिक्मतपुरमा सुदुरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा परेर कैलारी गाउँपालिका–१ का अन्दाजी ४३ वर्षीय रतिराम चौधरी घाइते भएका छन्। उनलाई अचेत अवस्थामा उपचारका लागि भजनी अस्पताल लगिएको प्रहरीले जनाएको छ।