इप्रका मालाखेतीको हिरासतमा पुस्तकालय स्थापना

इप्रका मालाखेतीको हिरासतमा पुस्तकालय स्थापना

धनगढी । कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।

फौजदारी अभियोग लागि कानुनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालयको आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले उद्घाटन गरेका थिए ।

उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली बीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता अनुसार थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको बताए ।