व्यवसायीक हितकालागि एकता अपरिहार्य: कुँवर

व्यवसायीक हितकालागि एकता अपरिहार्य: कुँवर

धनगढी । नेपाल उद्योग वाणिज्य महाँसंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसायीक हक हितलाई प्रबद्धन गर्न व्यवसायीक एकता हुनु आवश्यक रहेको औल्याएका छन् ।

शनिबार गोदावरीमा सम्पन्न कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेसन उद्घाटन गर्दै अध्यक्ष कुँवरले व्यवसायीक एकताबाट मात्रै आफ्ना अधिकर शुनिश्चित गर्न सकिने बताए । उनले कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको नयाँ पदाधिकारीलाई व्यवसायीक हित र संस्थागत विकासमा केन्द्रत भएर काम गर्न शुभ–कामना दिए । ‘कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघले गर्ने हरेक सकारात्मक क्रियाकलापमा कैलाली उद्योग वाणिज्य संघ सहयोग गर्न तयार छ,’ अध्यक्ष कुँवरले भने, व्यवसायीक एकताबाट मात्रै हामी बलियो बन्न सक्छौं ।’ 

अध्यक्ष कुँवरले राष्ट्र बैंकको मैद्रिक नीतिका कारण व्यवसायी धरापमा पर्न थालेका भन्दै सो नीतिका विरुद्ध सशक्त आवाज उठाउनु आवश्यक रहेको बताए । ‘यस अघि पनि उद्योग वाणिज्य संघले राष्ट्र बैंकको नीतिका बिरुद्ध आन्दोलन गरेको हो,’ अध्यक्ष कुँवरले भने, ‘अहिले पनि मौद्रीक नीति सच्चिएको छैन, सवै व्यवसायी एकजुछट भएर पुनः सशक्त आन्दोलन गर्नु आवश्यक देखिएको छ ।’

अध्यक्ष कुँवरले कैलाली उद्योग वाािण्ज्य संघको विपद व्यवस्थापन कोषमा आवद्ध हुन कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघलाई आग्रह गरे । त्यसैगरी वस्तुगत संगठनलाई उद्योग वाणिज्य संघका दर्ता गर्नपनि उनले सुझाव दिएका छन् ।

उत्तरिया उद्योग वाािण्ज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले आर्थिक मन्दि संगै नेपाल राष्ट्र बैंकको मौद्रीक नीतिका कारण व्यवसायी संकटमा परेका बताए । यस्तो अवस्थामा व्यवसायीक एकताको झनै अपरिहार्यता रहेको उनले बताए । ‘७/८ रुपैंया व्याजमा लगेको ऋणको अहिले १५/१६ प्रतिशत व्याज तिर्नुपरिरहेको छ,’ अध्यक्ष बोहराले भने, ‘घर भाडा उस्तै आकासिएको छ, बैंकको व्याज र घरभाडा तिर्न नसकेर धेरै व्यवसायी पलायन भइरहेका छन्, व्यापार लिलाम हुने अवस्थामा पुगेको छ, तर सरकार वेखबर छ, सरकारको ध्यानाकर्षण गराउन हामी सवै एकजुट हुन आवश्यक छ ।’

उनले सरकारी नीतिका कारण स्वेदशी काठ सड्ने गरेको र विदेशी फर्निचर प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । सरकारले अफ्नै देशको काठ प्रयोग गर्ने नीति ल्याउनु जरुरी रहेको उनले बताए । सरकारले नीति परिवर्तन नगरे व्यवसाय बन्द गरेर यहाँका व्यवसायी विदेशिन बाध्य हुनुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ ।

निर्वाचन कार्यालयका प्रदेश प्रमुख प्रेमराज भट्टले लोकतान्त्रिक अभ्यास अवलम्बन गरेको भन्दै फर्निचर तथा फर्निसिङ व्यवसायी संघलाई धन्यवाद दिए । उनले आ–आफ्नो अधिकारका लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महाँसंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशीले व्यवसायीक हक हित संगै उपभोक्ताको माग र गुणस्तरमा ध्यान दिन फर्निचर तथा फर्निसिङ व्यवसायीलाई आग्रह गरे । संघका निर्वातमान अध्यक्ष वसन्तराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संघका प्रबक्ता चेतराज फूलाराले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सचिव केशवराज पन्तले सञ्चालन गरेका थिए ।

कार्यक्रममा फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रिय सदस्य कमल पाण्डेय लगायतको उपस्थिती रहेको थियो ।