अवैध मेडिकलमा प्रहरीको छापा, मेडिकल सञ्चालक पक्राउ

अवैध मेडिकलमा प्रहरीको छापा, मेडिकल सञ्चालक पक्राउ

कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा अवैध रुपमा सञ्चालित एक मेडिकलमा प्रहरीले छापा हानेको छ । 

टीकापुर–खक्रौला सडकखण्डमा रहेको न्यू आलोक ट्रेडर्सको भित्रपट्टी अवैध रुपमा सञ्चालित मेडिकलमा प्रहरीले छापा हानेको हो ।

नेपाल प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगरको टोलीले स्थानीय ४७ वर्षीय दुर्गाप्रसाद कुश्मीले सञ्चालन गरेको मेडिकलमा छापा हानेको जनाएको छ । मेडिकलको बाहिर न्यू आलोक ट्रेडर्सका नाममा मदिरा, किराना पसल सञ्चालनमा छन् । मेडिकल दर्ता नभएको प्रहरीको दाबी छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले अवैध रुपमा सञ्चालनमा आएको मेडिकलमा प्रदेश प्रहरीको टोलीले छापा हानेको र मेडिकललाई सिज गरेर सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।