सामाजिक सञ्जालमा असभ्य लेख्ने व्यक्तिविरुद्ध कैलाली प्रहरीमा मानहानी मुद्दा दायर

सामाजिक सञ्जालमा असभ्य लेख्ने व्यक्तिविरुद्ध कैलाली प्रहरीमा मानहानी मुद्दा दायर

धनगढी । धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरुले सामाजिक सञ्जालमा असभ्य बोल्ने विरुद्ध मानहानी मुद्दा दायर गर्न कैलाली प्रशासनसंग अनुरोध गरेका छन् ।

धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘गोगाजासुस’ का बिरुद्ध मानहानी मुद्दा दायर गर्न शुक्रबार प्रशासनसंग अनुरोध गरेका हुन् ।

धनगढीका वडा अध्यक्षहरु बिरुद्ध फेसबुकमा असभ्य शब्द लेख्ने बिरुद्ध जिल्ला प्रशासनका मौखिक उजुरी दिएको वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए ।

धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘ गोगाजासुस’ ले धनगढी उपमहानगरपालिका बहुमत कार्यपालिका सदस्यहरुले छलफल बिना राजपत्रमा प्रकाशित भएको भन्दै जग्गा प्लटिङ कार्यविधी खारेजीको माग हित प्रस्ताव दर्ता गराएपछि नगर प्रमुख गोपाल हमालको बचाउ गर्दै समाजिक सञ्चालमा वडा अध्यक्षहरुलाई असभ्य शब्द लेखेका थिए ।

यस्तो थियो स्टाटस

May be an image of 1 person and text that says 'Tez Khadka is with गोगा जासुस. 2h वडा अध्यक्ष हु भन्दैमा आफुलाई मै हु नसोचौ, जनताले तिमीहरुलाई नगरपमलिकामा खरिदार बनाएर पठाएको हो! चेतना भया!! Amrit B’c and 128 others 29 comments 1 share'May be an image of 1 person and text that says 'मदन भट्ट is with Bhatta Madan. 1h.â 1h होइन वडा अध्यक्ष ज्यु, कार्यपालिका बैठकमा नगरप्रमुखले फरक मत राख्नुस भन्दापनि Note_of_Decent नलेखेर लुसुलुसु बाहिर निस्किने तपाईलाई फेरि कुन अदृश्य शक्तिले होटेल डेभोटीको बैठक कक्ष सम्म पुऱ्याएछ? जनता जान्न चाहन्छन! Arun Paneru and 63 others 16 comments 1 share'May be an image of 1 person and text

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वडा अध्यक्षहरु मदन भट्ट र तेज खड्का ‘गोगाजासुस’ले फेसबुकमा वडा अध्यक्षको बारेमा लेखेको स्क्रिननसट समेत प्रशासनमा पुगेको बताए । 

कैलालीका प्रहरी प्रवक्ताडिएसपी कुलदिप चन्दले वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको स्क्रिनसट तोकादेश सहित प्रहरी कार्यालय पुगेको बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३का वडा अध्यक्ष बिजय जोशीले वडा अध्यक्षहरुले सामाजिक सञ्जालमा तथानाम लेखेको स्क्रिनसट प्रशासनलाई बुझाएको बताए । मदन भट्ट र तेज खड्का ‘गोगाजासुस’ नगर प्रमुख गोपाल हमालका समर्थक हुन । 

नगर प्रमुख हमालले गरेका कामको प्रशंसा गर्ने भट्ट र खड्का नगर प्रमुखको आलोचना गर्ने ब्यक्तिका बिरुद्ध सामाजिक सञ्जालमा बचाउ गर्ने गर्दछन् ।