टीकापुरबाट १० लाख बराबरको अवैध सामानसहित दुई जना पक्राउ

टीकापुरबाट १० लाख बराबरको अवैध सामानसहित दुई जना पक्राउ

धनगढी । कैलालीको टीकापुरबाट अवैध सामानसहित दुई जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी महेन्द्रनगरको टोलीले लुकाई छिपाई राखेको अवस्थामा अवैध सामानसहित शुक्रबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

टिकापुर वडा नम्बर- ४ मोरन्याबाट घरको गोदाममा लुकाइ राखेका सामान लोड गर्ने क्रममा प्रहरीले प्रकाउ गरेको जनाएको छ ।
प्रहरीले अनुमानित १० लाख बराबरको माल समान  प्याज ४३ बोरा, स्यामल सुर्ती ६० पोका, चकलेट ६ पेटि, खुर्सानी ३ बोरा, ललिपप ३ कटटा, सिन टोबाको १ कट्टा बरामद गरेको जनाएको छ ।

प्रहरीले अटोसहित अटोचालक र घरबेटीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।