बहुमुल्य कस्तुरीको बिना सहित १ जना पक्राउ

बहुमुल्य कस्तुरीको बिना सहित १ जना पक्राउ

धनगढी । कैलालीको फल्टुडेबाट कस्तुरीको बिना सहित एक जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी महेन्द्रनगरको अनुसन्धानको टोलीले बिहिबार कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ बस्ने दानबहादुर विकलाई २ थान कस्तुरीको बिना सहित पक्राउ गरेको हो ।

प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको साधा पोसाकको प्रहरी टोलीले पक्राउ गरेका विकबाट दुई पिस कस्तुरी बरामद गरेको जनाइएको छ । घटनाको अनुसन्धान भइरहेकोले विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।