गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि

गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परिक्षणमा २ जनाको संक्रमण पुष्टि भएको हो ।

सीमा नाकामा ७० जनाको एन्टीजेन परिक्षण गरिएकोमा ६८ जनाको रिपोर्ट भने नेगेटिभ आएको केन्द्रले जनाएको छ । सुदूरपश्चिमका अन्य नाकाहरुमा भने पछिल्लो २४ घण्टामा कोरोना परिक्षण गरिएको छैन ।