बस र ट्रक ठोक्किँदा बारामा तीन जनाको मृत्यु, २७ घाइते

बस र ट्रक ठोक्किँदा बारामा तीन  जनाको मृत्यु, २७ घाइते

काठमाडौं । बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। 

काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज राति २ बजे बाराको अमलेखगन्ज तीन नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रवक्ता  डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। 

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।