मोटरसाइकल दुर्घटना हुँदा कैलालीका धोज बहादुरको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कैलालीका धोज बहादुरको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १ स्थित जंगल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घोडाघोडी नगरपालिका-२ साडेपानी बस्ने अन्दाजी २८ वर्षीय  धोज बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

धोज बहादुरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।