भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

काठमाडौँ । दक्षिण अफ्रिकाले दोस्रो ओडीआई खेलमा भारतमाथि ८ विकेटको सानदार जीत हात पारेको छ । ओपनर टोनी डी जोर्जीको शतकमा दक्षिण अफ्रिकाले भारतमाथि ८ विकेटको सानदार जीत हात पारेको हो । योसँगै तीन खेलको ओडीआई सिरिज १-१ को बराबरीमा पुगेको छ । 

जितको लागि पाएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । 

टोनी डी जोर्जी १२२ बलमा सर्वाधिक ११९ रनमा अविजित रहे । त्यस्तै रास्सी भान डर डुसेन ३६ रन बनाए । 

ओपनर रिजा हेन्ड्रिक्स ५२ रनमा आउट भए । ओपनर रिजा र टोनीले पहिलो विकेटका लागि १३० रनको शतकीय साझेदारी गरेका थिए । 

भारतका रिंकु सिंह र अर्शदीप सिंहले एक एक विकेट लिए । त्यसअघि सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४६।२ ओभरमा २११ रनमा अल आउट भएको थियो ।

भारतका साइ सुदर्शनले सर्वाधिक ६२ रन बनाए ।  भारत पहिलो खेलमा विजयी भएको थियो । तेस्रो खेल बिहीबार हुनेछ ।