राजतन्त्रको पक्षमा आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि सरकारमा सहभागी नहुने

राजतन्त्रको पक्षमा आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि सरकारमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आन्दोलनमा जाने निर्णय गरेको छ। मंगलबार जारी केन्द्रीय समितिको बैठकको बीचमा बसेको पदाधिकारीहरुको बैठकले राजतन्त्रको पक्षमा आन्दोलनमा जाने निर्णय गरेको हो। 

राप्रपाका १ जना पदाधिकारीले सर्वसम्मत रुपमा आन्दोलनमा जाने निर्णय गरिएको जानकारी दिए। पदाधिकारी बैठकले गरेको आन्दोलनमा जाने निर्णय केन्द्रीय समितिको बैठकमा पेस गरिने र केन्द्रीय समितिबाट पारित भएपछि पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरिने ती पदाधिकारीको भनाइ छ। 

त्यस्तै राप्रपा संघीय संसद्‌को यो कार्यकालभरी सरकारमा नजाने निर्णय पनि भएको ती  पदाधिकारीले बताए। तत्काल केन्द्र र प्रदेश सरकारमा राप्रपा सहभागी नहुने र राजतन्त्रको पक्षमा शशक्त आन्दोलन गर्ने निर्णय भएको उनले बताए। 

राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनको सरकारलाई सहयोग गर्दै सहभागी हुनसक्ने अनुमान गरिएको थियो। तर मंगलबारको बैठकपछि उक्त ‘च्याप्टर क्लोज’ भएको ती पदाधिकारीको भनाइ छ। 

आन्दोलनका लागि पुस र माघमा आन्तरिक तयारी गर्ने अनि फागुनदेखि चरणबद्ध आन्दोलनमा जाने उनले बताए। 
 
राप्रपाभित्र सरकारको सहभागिताबारे २ लाइन रहँदै आएको छ। अध्यक्ष  राजेन्द्र लिङ्देन सरकारमा सहभागिताको विषयमा सफ्ट लाइनमा हुँदा महामन्त्री धवल शमशेर राणा भने आन्दोलनको पक्षमा खत्रो उत्रिँदै आएका थिए। तर मंगलबारको पदाधिकारी वैठकले सर्वसम्मत रुपमा निर्णय गरेको हो।