छलिया नाचेर बैतडीका सिडिओ पन्थीको बिदाइ

छलिया नाचेर बैतडीका सिडिओ पन्थीको बिदाइ

बैतडी । स्थानीयवासीले छलिया नाच्दै तामाको गाग्री उपहार दिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बिदाइ गरेका छन् । बैतडीबाट 

नवलपरासीपश्चिमको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई स्थानीयले बाजागाजा बजाएर छलिया नाच्दै बिदाइ गरेका हुन् ।  

३३ वर्षको उमेरमा खुला प्रतिस्पर्धाबाट सहसचिव हुनुभएका पन्थी २०७९ जेठमा बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा आएका थिए। पन्थीले टाढाबाट आउने सेवाग्राहीलाई राति अबेरसम्म पनि जिल्ला प्रशासन कार्यालय खुला राखेर विभिन्न सेवा प्रदान गर्ने व्यवस्था मिलाएका थिए। 

पन्थीले करिब डेढ वर्ष बैतडीको प्रमुख जिल्ला अधिकारी भएर सेवा गरे। प्रशासन कार्यालयको सेवालाई सेवाग्राहीमैत्री बनाउँदै पहिलो पटक विद्युतीय टोकन प्रणालीको सुरुवात उनले नै गरेका हुन्।  गोरखापत्रबाट