प्रदेश सरकारले ल्यायो गाई, भैंसी कल्याण मापदण्ड

प्रदेश सरकारले ल्यायो गाई, भैंसी कल्याण मापदण्ड

धनगढी । सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु चौपायलाई लक्षित गरेर गाई भैंसी कल्याण सम्बन्धी मापदण्ड ल्याएको छ ।

खास गरी व्यवसायीक फर्म सञ्चालकले कसरी पशु चौपायको व्यवस्थापन गर्ने भन्ने कुरालाई गाई, भैंसी कल्याण सम्बन्धी मापदण्डमा समेटिएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मदन सिंह धामीले बताए ।  मापदण्डका आधारमा पशु चौपाय धनिलाई कुरी चौपायको संरक्षण गर्ने, अपराध कस्तो कार्यलाई भन्ने, कस्तो व्यवहार गर्दा दण्ड जरिवाना हुन सक्दछ, गोठ कस्तो बनाउने, पशु ओसार्दा कसरी ओसार्ने भन्ने विषय समावेस गरिएका सचिव धामीले बताए ।

मापदण्डमा समावेस गरिएका नियमहरु आम नागरिक समक्ष जानकारी गराउन प्रचार–प्रसार तालिम तथा सेमिनारहरु सञ्ञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । मापदण्डमा ७ वटा परिच्छेद र तीन वटा अनुसूचि रादिएका छन् । जसमा मापदण्डको नाम र परिभाषा, गाई भैंसी व्यवस्थापन सम्बन्धी व्यवस्था, गाई, भैंसी प्रति हुने निर्दयी व्यवहार, जीम्मेवारी र उत्तरदायित्व, गाई, भैंसी सम्बनधी व्यवस्था, र विधिहरु समावेस गरिएका छन् ।

मापदण्डबारेमा जानकारी दिन सोमबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै फार्मर्स यडभाईजरी काउन्सिलका मेनेजिङ डाईरेक्टर डां विमल कुमारले पशुको संरक्षण गर्ने नियम कानून बनाउनु जरुरी रहेको बताए । पशुलाई प्रयोग गर्ने र त्यसपछि छोड्ने परिपार्टी गलत भएको र त्यसले अन्तराष्ट्रय दातालाई समेत लगानी नगर्ने वातावरण हुने गरेको उनले बताए । उनले पशु ऐन निर्माण अर्न केन्द्र देखि प्रदेश सरकारसंग पहल भइरहेको बताए ।

पशुपञ्छि तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत डा। दानसिह ठगुन्नले नेपालमा पशु संरक्षणका लागि बनेका ऐन, नियम तथा नियमावलीको बारेमा जाकारी दिएका थिए ।

कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुको पनि जीउन पाउने अधिकार भएको र उनिहरुलाई सुविधाजनक स्थितीमा जीउने व्यवस्था गरिनुपर्ने बताइन् ।