कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सोमबार साँझ दुर्घटना भएको हो।

बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर-५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडीसवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।