युवा पलायनको लहर रोक्नुपर्नेमा सरोकारवालाको जोड

युवा पलायनको लहर रोक्नुपर्नेमा सरोकारवालाको जोड

धनगढी । नेपालबाट पछिल्ला दिनहरूमा दैनिक हजारौं संख्यामा युवाहरू पलायन भइरहेका छन । अध्ययन तथा रोजगारीको लागि पलायन भइरहेका युवाहरूको लहरलाई रोक्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । सोमबार धनगढीमा अकाउन्टीबिलीटि ल्याव नेपालको आयोजनामा गरिएको कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।

धनगढी उपमहानगरपालिका १८ का वडा अध्यक्ष भूूवन रिजालले गाउँबाट दैनिक जसो ठुलो संख्यामा युवाहरू विदेश गइरहेको बताए । उनले युवाहरुलाई स्वरोजगार बनाउन र उत्पादनमा जोड्न स्थानीय तहले काम गरिरहेको बताए । 

उनले विदेशबाट फर्किएका युवाहरुको लागि उपमहानगरले तालिम सुुरु गरेको बताए । उनले अरुका देशमा सके सम्म नजान आग्रह गर्दै विदेशबाट फर्किएकालाई त्यो शिप यतै सदुपयोग गर्न आग्रह गरे । वडामा समन्वय गरी यतै काम गर्नेलाई वडाबाट सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा सहभागी युवाहरूले आफुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न स्थानीय सरकारले नीति तथा कार्यक्रममा आफुहरुका मुद्दा  समावेश गर्न माग गरे ।

सुरक्षित तरीकाले बिदेश नजाँदा विभिन्न समस्या झेल्नुु परेको धनगढी उपमहानगरपालिका १४ का स्थानिय कमल गुुरुङले विदेशमा आफूूले शिप सिकेको भएपनि भाषा नसिकेर जाँदा विभिन्न समस्या झेल्नुु परेको उनले बताए । ‘एउटा कामको लागि गएको मान्छेलाई अर्कै काममा लगायो, उनले भने शिप भएपनि भाषा नबुुझ्दा निकै समस्या भयो ।,’ अव भने कसैले जानै परे भाषा र श्रम सिकेर मात्रै जान उनले आग्रह गरे । उनले आफुुले यतै काम गरिरहेको भएपनि आर्थिक समस्या भने झेल्नुु परिरहेको बताएका छन् । यस्तै उनले विदेश बाट फर्किएकाहरुलाई यहि काम गर्ने वातावरण सृजना गर्नमा स्थानिय तहले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

धनगढी १४ कै सञ्जीता थापा मगरले पनि विदेशमा काम गरेर अहिले स्वदेशमै चप्पल उत्पादनको काम सुरु गरेको बताउदै, पर्याप्त लगानी नहुँदा भने समस्या खेप्नुु परेको बताइन् । केही रकम सहयोग पाएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाई छ । उनले विदेश गएर दुुख खानुु भन्दा श्रम सिकेर आफ्नै देशमा केही गर्नुपर्ने बताउँदै यसमा स्थानिय तहले पनि साथ र सहयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा सुरक्षीत आप्रवासन कार्यक्रम (सामी परियोजना) का प्रमुख दिपक बोहराले सुरक्षीत वैदेशिक रोजगारीको बिषयमा प्रस्तुतीकरण राखेका थिए । उनले युवाहरु सीप बिना र गैरकानुनी तरिकाले विदेश गइरहेको कारण दुख पाउने गरेको बताए । सुदूरपश्चिमको कैलाली जिल्ला र कैलालीको धनगढी उपमहानगरपालिकाबाट धेरै संख्यामा युवाहरू विदेशी रहेको तथ्यांक प्रस्तुत गर्दै यसलाई रोक्न सकिने बताए । साथै विदेश जानेहरुलाई पनि सीप र वैदेशिक रोजगारी बारे जानकारी लिएर जान आग्रह गरे । 

बैदेशिक रोजगार बोर्डका अधिकृत लक्ष्मी चौधरीले बोर्डले वैदेशिक रोजगारीमा गइरहेका नेपालीहरुको हकहितका लागि पालिकास्तरमै आएर काम गरिरहेको बताइन् । उनले वैदेशिक रोजगारी बारे नागरिकहरुलाई सामान्य जानकारी पनि नहुदा ठगीमा पर्ने, दुख पाउने जस्ता घटनाहरु हुने गरेको बताइन् । 

यस्तै धनगढी उपमहानगरपालिका रोजगार संयोजक चन्द्रबहादुर महराले उपमहानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने रणनीति लिएर काम गरिरहेको बताए । धनगढी उपमहानगरपालिकाले हाल ८० जनालाई दुई बिषयमा सीपमुलक तालिम प्रदान गरिरहेको र उनीहरुलाई रोजगारीमा जोड्न पालिकाले पहल गर्ने प्रतिबद्धता जनाए । ञअहिलेसम्म ३० जनाको माग आइसकेको छ उनले भने छिट्टै रोजगातदाता हरु संग बृहत छलफल गरेर सबैलाई रोजगारमा जोड्ने हाम्रो लक्ष्य रहेको छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका उप-प्रमुख कन्दकला रानाले लामो समयदेखि हाम्रो देशको मुख्य समस्या बेरोजगारी र गरिबी रहेको बताइन् । उनले धनगढी उपमहानगरपालिकाले पलायन भइरहेको युवा जनशक्तिलाई रोक्न र स्वरोजगार बनाउन  नीतिगत तहमै सुधार गरेर काम गरिरहेको बताइन । ञहाम्रो युवाहरुमा दक्ष सीप छैन, उनीहरुलाई सीप सिकाएर उत्पादनमा जोड्न हामीले काम गरिरहेका छौ, उनले भनिन धनगढीलाई लोककल्याणकारी नगरपालिका बनाउने हाम्रो लक्ष्य हो, त्यसैले हरेक युवाहरूलाई दक्ष बनाउदै रोजगारीमा जोड्ने रणनीतिका साथ काम गरिरहेका छौ ।झ विदेश जाने युवाहरूलाई समेत विभिन्न किसिमका सीपमूलक तालीमहरु प्रदान गरेर पठाउने काम गरिरहेकाछौँ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका उप प्रमुुख, वडा नम्वर १४ का वडा अध्यक्ष मान बहादुर बिष्ट, सामी परियोजनाका सामाजीक परिचालक पूर्ण राज तिवारी र आप्रवासी कामदार हकहित संरक्षण मञ्च कैलालीका अध्यक्ष श्याम देवल लगायत विभिन्न वडाका ५० जना बढी युवाहरुको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय आप्रवास दिवसको अवसर पारेर अकाउन्टीबिलीटि ल्याव नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण जुनुु भण्डारीले गरेका हुन् । कार्यक्रमको सञ्चालन सुनिता बिक र तेज बोहराले गरेका हुन् ।