बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुरा । बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुनातर्फ जाँदै गरेको सु प्र प्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टर आइतबार साँझ मेलकाँदमा खडुकामा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा गौमुल गाउँपालिकाका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडीमालिका नगरपालिका-२ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका-१ का ३५ वर्षीय चन्द्रबहादुर दानी र बडीमालिका-२ की ३० वर्षीया कीर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले बताए ।

उनका अनुसार अर्को ट्रयाक्टरलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो ।