काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् । खेल साँझ ६ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ ।
काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा मैदान प्रवेश गर्नेछ ।
जारी प्रतियोगितामा धनगढी अपराजित टिम हो । धनगढीले खेलेका पाँच खेलमा तीनमा जित र दुईमा बराबरी खेलेको छ ।