डडेल्धुरा बागबजारमा आगलागी हुँदा तीन करोड बराबरको क्षति

डडेल्धुरा बागबजारमा आगलागी हुँदा तीन करोड बराबरको क्षति

धनगढी । डडेल्धुरामा शनिबार राति भएको आगलागीबाट तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ।

अमरगढी नगरपालिका वडा नम्बर ५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट तीन करोड बराबरको क्षति भएको प्रदेश आपत्तकालिन कार्य सञ्चालन केन्द्रले जनाएकमो छ ।

बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

उनका अनुसार घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियोे।

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।