घरको छतबाट खसेर घाइते भएका प्रहरी भट्टको निधन

घरको छतबाट खसेर घाइते भएका प्रहरी भट्टको निधन

धनगढी । कैलालीको धनगढीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रहरी कर्मचारीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर२ सन्तोशी टोलका रबिन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको मृत्यु भएको जानकारी दिए।

उनी मङ्गलवार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। बेहोस अवस्थामा उद्धार गरिएका भट्टको घाँटीको पछाडिको हड्डी भाँचिएको थियो। उनी राष्ट्रिय अनुसन्धान विभाग महेन्द्रनगरमा अनुसन्धान सहायक कर्मचारीको रुपमा कार्यरत थिए।