बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय, र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १८ हजार ८ सय रुपैयाँमा छापावाल सुन र एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आजका लागि चाँदीको मूल्य एक हजार ४७० रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक हजार ४ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।