सुदूरपश्चिम महोत्सव ५ गतेसम्म चल्ने

सुदूरपश्चिम महोत्सव ५ गतेसम्म चल्ने

धनगढी । सुदूरपश्चिम महोत्सवको अब ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको महोत्सवमा तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो ।

महोत्सब सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्म संचालन हुने जानकारी गराईएको छ ।

उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव गर्दै आएको छ ।