सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं ।  बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि १८ मंसिरमा सुनको मूल्यले अहिलेसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको छ । त्यसयता बुधबारसम्म मूल्य घटेको थियो ।


अन्तर्राष्ट्रिय बजारमा मूल्य अकस्मात बढेपछि नेपाली बजारमा बिहीबार  प्रभाव परेको महासंघको भनाइ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी बिहीबार १४५५ रुपैयाँ कायम भएको हो ।