राप्रपाको बृहत् आमसभा कैलालीमा

राप्रपाको बृहत् आमसभा कैलालीमा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा भएको छ । आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र  मिश्र, महामन्त्री डाकटर धवलशमसेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरुले सम्बोधन रहेको थियो ।

आमसभालाई सम्बोधन गर्दै नेताहरुले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताएका छन् । उनीहरुले प्रदेश सरकारको काम नरहेको उल्लेख गर्दै विदेशबाट ऋण  ल्याएर शासकलाई पोस्ने काम भएको बताएका छन् ।

वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्र्दैपरिवर्तनका लागि जनता जाग्नुपर्ने नेताहरुले उल्लेख गरेका छन् । संवैधानिक राजाका पक्षमा नेताहरुले बोलेका छन् । व्यवस्था र अवस्था परिवर्तनका लागि राप्रपाले देशव्यापी आमसभा कार्यक्रम गर्ने जनाएको छ ।