माया मेट्रो अस्पतालमा मेरुदण्डका बिरामीको सफल सल्यक्रिया

माया मेट्रो अस्पतालमा मेरुदण्डका बिरामीको सफल सल्यक्रिया

कैलालीः जिल्लाको धनगढी उप–महानगरपालिका–६ चटकपुर स्थित माया पेट्रो अस्पताल प्रा.लि हड्डी र मेरुदण्ड भाच्चिँएका भाच्चिँएका विरामीका लागि नयाँ गन्तव्य बन्दै गएको छ । सञ्चालनमा आएको छोटो अवधीमै अस्पतालले जटिल प्रकारका विरामीको सफल उपचार गर्न थालेपछि माया मेट्रो हड्डी तथा मेरुदण्ड भाच्चिँएका विरामीको लागि नयाँ गन्तव्य बन्दै गएको हो । 

अस्पतालले हाड, जोर्नीसम्बन्धी सेवा सुचारु गरेदेखि हालसम्म अति जटिल मेरुदण्ड भाच्चिँएका विरामीको पनि सफलतापूर्वक शल्यक्रिया गरिहेको छ । मंगलबार मात्र माया मेट्रोले दार्चुलाका एक जनाको सफलतापूर्वक मेरुदण्डको शल्यक्रिया गरेको छ । अस्पतालले दार्जुलाको मार्मा गाउँपालिका–४ अम्बिका महताको सफल शल्यक्रिया गरेको हो ।

महताको बेलाधर भन्ने ठाउँमा यार्सागुम्बा टिप्ने क्रममा चिप्लेर मेरुदण्ड भाच्चिँएको थियो । मेरुदण्ड भाच्चिँपछि माया पेट्रोमा भर्ना भएकी महताको मंगलबार हाडजोर्नी विशेषज्ञ डा. पुजन पन्तको नेतृत्वमा एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्टराईलगायतको टिमले सफलतापूर्व मेरुदण्डको शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ ।

सफलतापूर्वक मेरुदण्डको शल्यक्रिया भएपछि विरामी अम्बिकाका श्रीमान् शंकरसिंह महताले खुसी व्यक्त गरे । उनले भने, ‘जटिल अवस्थामा पनि आफ्नै प्रदेशमा मेरुदण्डको शल्यक्रिया भयो । नजिकै अस्पताल भएकाले समय र पैसा पनि बचत भएको छ ।’ शंकरले श्रीमतीको सफलतापूर्वक जटिल मेरुदण्डको शल्यक्रिया गरेको भन्दै अस्पताललाई धन्यवाद दिए ।  

माया मेट्रोले सेवा सुचारु गरेको सात महिनामै हाडजोर्नी सम्बन्धी जटिल २ सय बढी विरामीको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए । अस्पतालले हाड–जोर्नीबाहेक पित्त थैली, एपिन्डीस, आन्द्रा, कलेजो, स्तन तथा छाती, प्रसुती, पाठेघर, अण्डाशय, नाक, कान, घाँटीलगायत सेवा दिइरहेको छ ।