धनगढीमा झन्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ

धनगढीमा झन्डै तीन किलो चरेससहित एम्बुलेन्स चालक पक्राउ

धनगढी । कैलालीको धनगढी चरेससहित एम्बुलेन्स चालक पक्राउ परेका छन् ।

कैलाली प्रहरीले शंकाका आधारमा एम्बुलेन्स चेकजाँच गर्ने क्रममा चरेश सहित युवकलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उनकाअनुसार खातीले चलाएको सुपप्र ०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा दुई किलो आठ सय ग्राम लागुऔषध चरेस बरामद गरिएको बताए ।

एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।