लागूऔषधसहित दुई युवक धनगढीमा पक्राउ

लागूऔषधसहित दुई युवक धनगढीमा पक्राउ

धनगढी। कैलालीको धनगढीमा लागु औषधसहित दुई युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को त्रिनगर पोष्ट अगाडीबाट लागु औषध खैरो हिरोइनसहित डोटीका दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर १ बस्ने २० वर्षीय निश्चल शाही र के.आई.सिंह गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय मनोज रावल रहेका छन् ।

उनीहरुबाट प्रहरीले एक सय ३० ग्राम खैरो हिरोइन बरामद गरेको जनाइएको छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोईन फेला पारी दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।