प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेजको अनुगमन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेजको अनुगमन

डडेल्धुरा । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले डडेल्धुरा मेडिकल कलेजको अनुगमन गरेको छ । सोमबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन कलेजको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समितिले हाल भौतिक संरचना निर्माणको प्रगतिका बारेमा जानकारी लिएको थियो । समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, डडेल्धुरा अस्पतालका पदाधिकारीसँग पनि छलफल  गरेको थियो ।

अनुगमनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ६ जना सदस्यसहित, उपसचिव पुष्पप्रकाश खनाल, प्रदेश सभा सदस्य ताराप्रसाद जोशी, अमरगढी महानगरपालिका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र डडेल्धुरा अस्पतालका निमित्त मेसु नविनकुमार खड्काको सहभागिता रहेको थियो ।