मानव अधिकार पुरस्कार– २०८० बाजुराका पत्रकार सिंहलाई  प्रदान

मानव अधिकार पुरस्कार– २०८० बाजुराका पत्रकार सिंहलाई  प्रदान

धनगढी । बाजुराका पत्रकार प्रकाश सिंहले  ‘मानव अधिकार पुरस्कार– २०८०’  पाएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन्।

पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानव अधिकार संरक्षणको योगदान पुर्‍याएको भन्दै ५० हजार राशिको पुरस्कार दिइएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपपबहादुर मगरले बताए। सिंहले सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेर मानवअधिकार पक्षमा वकालत पैरवी गरेको उनले बताए।

सिंह विगत एक दशकदेखि बाजुरालाई कार्यथलो बनाएर पत्रकारिता तथा समाज सेवामा सक्रिय छन्।