धनगढी जेसिजकाे अध्यक्षमा सिंह निर्वाचित

धनगढी जेसिजकाे अध्यक्षमा सिंह निर्वाचित

धनगढी । धनगढी जेसिज २०२४ काे अध्यक्षमा अरुण सिंह निर्वाचित भएका छन् ।

शनिबार भएकाे ४१ औ अधिवेशनमा सिंहकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।

जेसिजकाे कार्यकारी उपाध्यक्षमा आशिस सिंह र तर्कराज भट्ट, महासचिवमा हरि जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् ।

यस्तै अधिवेशनले चन्द्रकान्त पनेरुलाई कानुनी सल्लाहकारमा निर्वाचित गरेकाे छ ।