समाजवादी प्रेस संगठन नेपाल सुदूरपश्चिम अध्यक्षमा सिंह

समाजवादी प्रेस संगठन नेपाल सुदूरपश्चिम अध्यक्षमा सिंह

धनगढी । समाजवादी प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हिक्मतबहादुर सिंह सर्वसम्मत चयन भएका छन् ।

शनिबार धनगढीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट सिंहको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

संगठनको उपाध्यक्षमा तपेन्द्र कुँवर, सर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोष प्रसाद जैशी र कोषाध्यक्षमा समीक्षा जोशी सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुसोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र विक चयन भएका छन् ।