बेलायतमा एक नेपाली महिलाको निधन

बेलायतमा एक नेपाली महिलाको निधन

काठमाडौं । बेलायतमा एक नेपाली महिलाको निधन भएको छ।  बिहीबार मात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो। 

उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेको गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए।

उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।