प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै

प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् ।

यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।

शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताएका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए ।