उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय धनगढीको २५औ वार्षिक साधारण सभा सम्पन्न

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय धनगढीको २५औ वार्षिक साधारण सभा सम्पन्न

धनगढी  । कञ्चनपुरको महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालय धनगढीको २५औँ  वार्षिक साधारण सभा आज सम्पन्न भएको  छ । एक कार्यक्रमका बिच वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

जसमा  कार्यक्रमका सभापति कौशल्या ओझा रहेका थिए भने  प्रमुख अतिथि  सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढीका प्रतिनिधि देवराज पन्त  रहेका थिए ।

त्यसै गरी अतिथिमा राष्ट्रिय सहकारी बैङ्क सुदूरपश्चिम प्रदेश प्रमुख दिनेश गेलाल रहेका थिए । त्यसै गरी संस्थामा आबद्ध सम्पूर्ण शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा सम्मान पनि गरिएको थियो ।  

पुरस्कृत सदस्यहरूमा उद्यमी तर्फ राजमति राना, शिलादेवी पाल, दिदी बहिनीसमुहबाट लक्ष्मी कुमारी गौतम रहेकी थिइन्  । ज्येष्ठ नागरिक तर्फ परमानन्द भट्ट र कल्पना राना रहेकी थिइन् । त्यसै गरी छात्रवृत्ति तर्फ सोहन चौधरी, महिमा राना भने मोबाइल बैङ्किङ तर्फ प्रविधि प्रयोग गर्ने मनिता देवी बोहरालाई सम्मान गरिएको संस्थाका कर्मचारी जगदीश भट्टले जानकारी दिए ।

संस्थाको साधारण सभामा वरिष्ठ शाखा प्रबन्धक मान बहादुर चन्दले संस्थाले गर्ने साधारण सभा हाम्रो मात्रै नभई संस्थाका शेयर सदस्यहरूको बढी रहेको बताए । उनले आगामी दिनमा पनि सदस्यहरूको सुझाव ले नै अगाडि बढ्ने बताएका छन् ।