एसईई आइडलका २ अडिसन पुर्नवास सम्पन्न

एसईई आइडलका २ अडिसन पुर्नवास सम्पन्न

धनगढी । प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.ले हरेक वर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्करणका दुई अडिसन आज पुर्नवासमा सम्पन्न भएका छन् । 

पुनरबासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भानु मोमोरियल बोर्डिङ स्कुलमा चौथो अडिसन भव्यता पूर्वक आयोजना भएको कुरा प्रभात मिडियाले जनाएको छ ।

यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा निहित प्रतिभा प्रस्फुटन गर्ने भएकाले अडिसन आयोजना गरिएको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक राम नारायण कँडेलले बताए । यसै गरी अर्को अडिसन आयोजक भानु मेमोरियल बोर्डिङ स्कुलका प्रधानाध्यापक निला गौतमले विद्यालयमा पढाइका साथै अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको बताउनु भयो ।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् ।  

यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/-५ जना प्रतिस्पर्धीहरूले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् ।

फाइनलबाट दुवै विधामा १९१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश:रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । 

No description available.

थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी  तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ ।