कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी।  कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । बिहिबार साँझ पपश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ बर्षिय डम्बर बहादुर विष्टको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेको समयमा बसले ठक्कर दिदा गम्भीर घाईते भएका बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लाई विष्टलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो । घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन ।

यसैबीच,  बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।  

बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।