जिप्रका कैलालीमा डिजिटल नागरिक बडापत्र

जिप्रका कैलालीमा डिजिटल नागरिक बडापत्र

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याइएको छ । नागरिक बडापत्रको आइतवार धनगढी उपमहानगरपालिकका प्रमुख नृपबहादुर बडले उद्घाटन गरेका छन् । डिजिटल नागरिक बडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्य सम्पादन गरिसक्नुपर्ने समयसीमा लगायत सूचना राखिएका छन् । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त डिजिटल बडापत्र सञ्चालन गरिएको छ ।

डिजिटल नागरिक बडापत्रको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख बडले अहिलेको समय सूचना प्रविधिको भएको बताए । ‘धनगढी उप–महानगरपालिकाले आफ्नै अप्टिकल फाइबर बिछ्याउँदै छ,’ उनले भने, ‘योजनाको बारेमा सर्वसाधारणले सहजै जानकारी लिन सक्नेगरी आईएमएस एपको प्रयोग गरिएको छ ।’