धनगढीमा दुई दिने मिनि महोत्सव हुने

धनगढीमा दुई दिने मिनि महोत्सव हुने

धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले कैलालीको धनगढीमा दुई दिने मिनि महोत्सव गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिकाको परिषरमा ३२ औ अपाङ्गता दिवसको अवसरमा यहि १७ र १८ गते महोत्सवको आयोजना गरिने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

अपाङ्ग महासंघका प्रदेश अध्यक्ष मानबहादुर साउँदले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रदर्शन गर्न महोत्सव आयोजना गरिन लागेको बताए । उनले महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुले आफैले निर्मित गरेका सामाग्री, अपाङ्गता क्षेत्रमा योग्दान पुर्याएका तथा उत्कृष्ट कार्य गरेका व्यक्तिहरुको बायोग्राफी, अपाङ्गता भएका व्यक्तिहरुको सम्भावना र चुनौति विषयक अन्तरक्रिया लगायतका कार्यक्रम हुने बताइएको छ ।

सो मिनि मार्टमा १० वटा स्टल रहने उनको भनाई छ । उनले भने –‘अपाङ्गता भएका व्यक्तिहरुलाई दायाको भावनाले हेर्ने नजरलाई चिर्न र सरकारको विभेदपूर्ण शैली चिर्न आफै महोत्सवको आयोजना गर्न लागेका हौं ।’

उनले महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिने नीजि संस्था र स्रोत कक्षामार्फत अपाङ्गता क्षेत्रमा योग्दान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिने बताए । 

मिनि महोत्सव धनगढीमा पहिलो पटक गरिन लागेको बताउँदै ‘आगामी दिनमा पुरा तयारी गरि तथा थप सुधार गर्दै निरन्तरता दिइने छ ।’