नारा जुलुससहित त्रिनगरका विद्यार्थीको आन्दोलन जारी

नारा जुलुससहित त्रिनगरका विद्यार्थीको आन्दोलन जारी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षकको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

बुधबारदेखि उपमहानगर घेराउ गर्दै आन्दोलित बनेका  विद्यार्थीहरूले बिहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।
 विद्यालयको गेटमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजि गरिरहेका हुन् ।
दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए ।

गढित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि  विद्यार्थीहरूले अध्यापन गर्नबाट बञ्चित हुनुपरेको छ ।
 सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।