नेपाल रिटर्नी एसोसिएसन (समाजबादी) को टोली जाजरकोट र पश्चिम रुकुममा भूकम्प पीडितलाई राहत वितरण गर्दै

नेपाल रिटर्नी एसोसिएसन (समाजबादी)  को टोली जाजरकोट र पश्चिम रुकुममा भूकम्प पीडितलाई राहत वितरण गर्दै

नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष क प्रविन पौडेल द्वारा गत ९ गते जाजरकोट खलंगाबाट ५ घण्टा दूरीमा रहेको कुसे गाउँपालिका वडा ९ मा २८० भूकम्प पीडित घर परिवारका सदस्यलाई फाइबरको डबल न्यानो सिरक वडाका जन प्रतिनिधि नेकपा एकीकृत समाजबादी पार्टि तथा अन्य दलका गाउँ तथा प्रदेशका स्थानीय नेताहरु स्थानीय बुद्धिजीवीहरूको रोहबरमा स्वयं आफै तथा संगठनको सचिव द्वए प्रकाश महरा र बम बहादुर बिसिको उपस्थितिमा वितरण गरेका थिए ।

यसै गरी मंसिर ११ गते एशोसिएसनका अध्यक्ष क प्रविन पौडेल साथै सचिव द्धाए प्रकाश महरा र बम बहादुर विसीले नेकपा एकिकृत पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रुकुमको आठबिसकोट नगरपालिका स्थित जनविकास माध्यमिक विद्यालय ज्यामिरकोट टाकुराकाको प्राङ्गणमा आठविसकोट नगरपालिकाका मेयर रवि केसी लगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला,नेकपा एकीकृत समाजबादी पार्टीका कर्णाली प्रदेश इन्चार्ज अमर बहादुर थापा, सह इन्चार्ज शेर बहादुर खत्री ,प्रदेश माननीय कल्याणी खड्का , आठविसकोट नगरपालिकाका स्थानीय भूकम्प पीडित परिवार ,विद्यार्थीहरु ,स्थानीय विद्यालयका सिक्षिक बुद्धिजीवी,नेपाल साथै नेकपा एकीकृत समाजबादी पार्टीका जिल्लाका पदाधिकारीहरु र अन्य पार्टीका प्रतिनिधिहरु स्थानिए बुद्धिजीवी साथै पत्रकारहरुको उपस्थितिमा कापी कलम सहित ३०० विद्यार्थीलाई स्कूल ब्याग र २० घरपरिवारलाई फाइबरको न्यानो डबल बेडको सिरक हस्तान्तरण गरेका थिए ।

उक्त राहत संकलनमा विद्यार्थीको समेत सहयोग रहेको थियो भने नेकपा एकिकृत समाजबादी पार्टी निकट युवा तथा विद्यार्थीको टोली अस्थाइ घर टहरा निर्माणमा सहयोगका लागि उक्त क्षेत्रमा रहने विद्यार्थी नेता आरती लामाले बताएकी छन् ।

उक्त आठबिसे नगरपालिकामा ७९०० क्षती १५४ मृत्यु भएको नगर प्रपुखले केसीले जानकारी दिएका छन् भने  जन प्रिय माध्यमिक ज्यामिरे टाकुरामा अध्यनरत ३ जना विद्यार्थीको मृत्यु भएको उक्त स्कूलका शिक्षकले बताएका थिए ।
त्यसै गरी नेपाल रिटर्नी एशोसिएसनले प्रभावित क्षेत्र जानु पूर्व भातृ संगठनले पर्टीकोसमा जम्मा हुने गरी रु ५०,००० पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई हस्तान्तरण गरेको थियो ।

यसै गरी अध्यक्ष पौडेलले सरकारका सम्बन्धित निकाय र सम्बन्धित जनप्रतिनिधि सँग  भूकम्प पीडित परिवारलाई व्यवस्थापनमा थप ध्यान दिनु पर्ने बताउनु भयो।

भूकम्प प्रभावित क्षेत्रमा टोली सहित उपस्थित हुनु भएक पौडेलले दिन प्रतिदिन चिसो बढ्दै गएको र उक्त क्षेत्रको बालबालिका, सुत्केरी वृद्ध अति प्रभावित भएकोले सवैमा यथासिघ्र उचित व्यवस्थापन गर्नु पर्ने जोड दिँदै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। एशोसियसनका सचिव प्रकाश महराले विभिन्न दाता हरुले  सदरमुकाममा राहत सामाग्री हस्तान्तरण गरेर फर्कने गरेकोले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले पुग्न नसकेको बताउनु भएको छ ।

नेपाल रिटर्नी एशोसियसनका अर्का सचिव बम बहादुरले अन्य दातृ संस्था बाट १५ लाख बराबरको  चामल ,न्यानो सिरक लगायतका राहत सामाग्री व्यवस्थापन गरी कुसे गाउँपालिकाका विभिन्न वडामा वितरण गरी रहेको बताउनु भएको छ ।