बझाङ केन्द्र भएर भूकम्प

बझाङ केन्द्र भएर भूकम्प

बझाङ । बझाङ केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ४४ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ४.१ रेक्टर स्केल मापन गरिएको छ। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महसुस भएको बताइएको छ। 

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट १५४ जनाको ज्यान गएको थियो। कात्तिक १७ गते यता देशका विभिन्न ठाउँमा भूकम्पका धक्का महसुस भइरहेका छन्।

मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको थियो।