नेपालको अर्थतन्त्र दुई चार दलाल पुँजीपत्तीको हातमा गयोः ओली

नेपालको अर्थतन्त्र दुई चार दलाल पुँजीपत्तीको हातमा गयोः ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र दुई चार दलाल पँुजीपत्तीको हातमा गएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को उद्घाटनको लागि बैतडी पुगेका ओलीले यस्तो बताएका हुन् । 

सरकारले नेपालका उद्योगीलाई उत्साहका साथ उद्योग तथा व्यवसाय संञ्चालन गर्ने वातावरण नभएपछि अर्थतन्त्र केही दलाल पुजीपत्तीका हातमा गएको उनले बताए । 

‘अहिलेको सरकारले विकास, रोजगारी,राम्रो शिक्षाको पहँुच बढाउन सकेन, कृर्षीको आधुकीकरण भएन् उद्योग बन्द हुने तिर गए, कमीसनतन्त्र हावी भएर दुई चार पुजी पत्तीका हातमा अर्थतन्त्र गएको छ’ अध्यक्ष आलीले भने, ‘सरकारले कमीसनका भर देशलाई आर्थिक रुपमा ओरालो लगाउने काम भयो, आज देश अराजकता तिर गहिराखेको छ । विकासका काम राकिएका छन।’

अध्यक्ष आलीले अर्थतन्त्रमा विश्व अगाडी बढीरहेको तर नेपाल पछाडी परिरहेको बताए । एमालेको सरकार हुदाँ विश्वले विकास धेरै भयो भनेर उदाउदो एसियाको तारा भन्थे अहिले चिन्ता गर्नु पर्ने अवस्थामा पुगेको उनलेका भनाई छ । 

जिल्लाको पाटन बजारमा सम्मान कार्यक्रम बोल्दै आफ्नो आफ्नो १ बर्षमा देश अवस्था सडक क्षेत्रमा पनि ओरालो लागेको बताए । धनगढी कैलालीबाट ८ घण्टाको गाडीको यात्रामा आएका ओलीले सडकको अवस्था हेर्दै आएको र अवस्था राम्रो नभएको बताए । 

मध्यपहाडी राजमार्ग हेर्दै महाकाली नदिको किनार बैतडीको झुलाघाटबाट, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सुरु हुने बताए ।

 उनले  मध्यपहाडी राजमार्ग भित्रका पहाडका समस्या बुझन झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए । महाकाली देखी मेचीसम्म समृद्ध नेपाल संम्भव छ भन्ने उदेश्यले संकल्प यात्रा गर्दै छौ भोली यसै जिल्लाको झुलाघाटबाट सुरु गर्छौ। ओलीने भने, ‘पूर्व पश्चिम मेचीदेखी महाकाली सम्म एमालेले समृद्ध नेपाल बनाउन सक्छ यहाँका समस्या के छन्, ती हर्नेका लागि पहाडै पहाडको यात्रामा छौँ।’

बिहीबार एमाले अध्यक्ष ओलीले मंसिर १४ गते बिहान ८ बजे झुलाघाटमा राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गर्नेछन्। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान तीन हप्तासम्म चल्ने छ।

यस यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु पनि टोलीमा सहभागी हुनेछन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित समापन हुने छ।