नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

काठमाडौँ । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । बुधबार लमजुङको दोर्दी गाउँपालिकामा दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको हो। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको यसका लागि पहल गरेको संस्था मायाको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले बताए।

पूर्व सांसद समेत रहेका पन्तले यसलाई ऐतिहासिक भनेका छन्। “माया गुरुङ र सुरेन्द्र पाण्डेको अथक प्रयासले यो ऐतिहासिक उपलब्धि सम्भव भएकोमा ‘मायाको पहिचान नेपाल’ माया र सुरेन्द्रको सङ्घर्षलाई उच्च सम्मान गर्दछ,” पन्तले भनेका छन्। हिमालखबर