टिकटक बन्द भए/नभएबारे २४ घन्टाभित्र जानकारी दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

टिकटक बन्द भए/नभएबारे २४ घन्टाभित्र जानकारी दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरूलाई २४ घन्टाको समय दिएर टिकटक बन्द  भएको नभएकोबारे जानकारी दिन निर्देशन दिएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सरकारको निर्णयअनुसार टिकटक बन्द गरिएको र त्यसको कार्यानव्यनबारे जानकारी गराउन इन्टरनेट र मोबाइल सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरिएकोमा त्यसबारे अहिलेसम्म जानकारी नआएको बताउँदै चौबिस घन्टाभित्र जानकारी दिन भनेको हो।   

२४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो।