बलात्कारपछि बालिका हत्या आरोपमा शिक्षक कारागार चलान

बलात्कारपछि बालिका हत्या आरोपमा शिक्षक कारागार चलान

गुल्मी । गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका ४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका ७ घर भई चन्द्रकोट ४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका हुन् । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।

गत कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिका ४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव नग्न अवस्थामा फेला परेको थियो ।

गत कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई चन्द्रकोट ४ बस्ने मनिषा खेतालालाई सुर्ती लिन गएकी थिइन् ।

किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान उनको शव भेटिएको थियो ।

मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्ऽकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।

कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।