नेपालको विज्ञापन बजार फस्टाउँदै गएपछि दर्शकले चिनेका सेलिब्रिटीहरुलाई जीवनयापनका लागि निकै सहज बनिरहेको छ । यसको प्रत्यक्ष फाइदा नेपाली फिल्मका कलाकारहरूले पनि लिइरहेका छन् ।
ब्रान्ड बजारमा नायिका वर्षा राउत पनि अगाडि छिन् । फिल्मबाटै राम्रो चर्चा पाइरहेकी यी नायिका ब्रान्ड बजारमा पनि रोजाइमा पर्छिन् ।
वर्षाले पहिलो विज्ञापनको रुपमा ‘सामसुङ टीभी’का लागि फोटो खिचाएकी थिइन् । पत्रिकाका लागि खिचाइएको विज्ञापनमा काम गरेबापत उनले ५ हजार पारिश्रमिक पाएकी थिइन् ।
तर, अहिले विज्ञापनको बजार बढेसँगै कलाकारहरुले पाउने पारिश्रमिक पनि ह्वात्तै बढेको छ । वर्षाका अनुसार, उनले हालसम्म दर्जन बढी ब्रान्डको विज्ञापनमा काम गरिसकेकी छिन् ।
वर्षाले नाम चलेका कम्पनीहरुका विज्ञापनमा आफूलाई बढी आवद्ध बनाएको देख्न सकिन्छ । उनले ‘एनसेल, बर्जर पेन्ट्स, इ सेवा, साओमी मोबाइल, डाबरको रियल जुस, फ्यामिली हेल्थ तेल, यशोधा ब्रान्ड, फु्रट जेम’ लगायतका प्रोडक्टको विज्ञापनमा काम गरेकी छिन् ।